अमेरिकी चुनावः के ट्रम्पले हारे चीन–इरान खुसी हुन्छ?

कोरोनाका बीच अमेरिकामा आउँदो नोभेम्बरदेखि हुने राष्ट्रपतिको निर्वाचनका लागि गम्भीर बहस सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प जहाँ कोरोनाको महामारीको बहाना देखाएर चुनाव सार्ने अभियानमा छन्, त्यही राष्ट्रपतिका अर्का उम्मेदबार जो बिडेन कुनै पनि हालतमा तोकिएको समयमा चुनाव हुनुपर्ने पक्षमा छन्। 

विश्वव्यापी महामारी बनेको कोरोनासँग लड्ने कुरामा ट्रम्प प्रशासनको असफलता तथा कालाजातीबीच भइरहेको भेदभावपूर्ण रवैयाका कारण वर्तमान राष्ट्रपतिको हालत यतिबेला कमजोर मानिन्छ।   

यसैबीच नेशनल काउन्टर–इन्टेलिजेन्स एण्ड सेक्युरिटी सेन्टर (एनसीएससी) का प्रमुख विलियम इवानिनाले एउटा महत्वपूर्ण दावी गरेका छन्। उनले अमेरिकाको चुनावलाई नै प्रभावित गर्ने किसिमले दावी गरेका छन्, जहाँ ट्रम्प पुनः राष्ट्रपति भएको हेर्न चीन र इरान अनिच्छुक छ। उनका प्रतिद्धन्द्धी डेमोक्र्याट पार्टीका उम्मेदवार जो बिडेनलाई राष्ट्रपति भएको हेर्न रुसले चाहिरहेको छैन। 

यसको प्रमुख कारण पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा उपराष्ट्रपति रहेका बिडेनले रुसको विरोधमा युक्रेनलाई समर्थन गर्नुलाई उनले मानेका छन्। बिडेन लामो समयदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्ध बोल्दै आइरहेका छन्। 

यस्तै, चीनको हकमा ट्रम्प आगो ओकल्दै आइरहेका छन्। चीनले ट्रम्पलाई प्रोपगाण्डा गर्न माहिर राष्ट्रपतिको रूपमा हेरेको छ। जसले अन्तर्राष्ट्रियस्तरमा चीनको छवीलाई नकरात्मक बनाउन सहयोग गरेको छ। 

ट्रम्पप्रति चीनको अर्को पनि धारणा छ–ट्रम्प जस्तो सुकै निर्णय लिन पछि हट्दैनन्। यसैले अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रभाव जमाउन चीनलाई भूमिका नभएका देशहरूलाई पनि आफ्नो पक्षमा राख्नुपर्ने बाध्यता छ। 

अमेरिका र इरानबीचको बिग्रिदै गएको सम्बन्ध कसलाई थाहा छैन होला? आफ्नो सेनाको कमाण्डर सुलेमानीलाई ड्रोन हमलामा मारेपछि इरान यतिबेला अमेरिकाको कट्टर दुश्मन बनेको छ। यसैले इरानी राष्ट्रपति हसन रुहानी जुनसुकै हालतमा पनि ट्रम्प कमजोर भएको हेर्न रुचाउँछन्। इरानले यसैले ट्रम्पविरूद्ध मोर्चाबन्दी नै खोलेको छ। 

रुसको पक्षमा ट्रम्पको रवैया ‘सफ्ट’ भएको धेरैको तर्क छ। उनीमाथि अमेरिकी राष्ट्रपतिको चुनाव जिताउन रुसले सहयोग गरेको आरोप लाग्दै आइरहेको छ। 

ट्रम्पले पनि एनसीएससी प्रमुखको बयानको विषयमा भनेका छन्, ‘चीन चाहन्छ, म चुनावमा पराजित होऊँ। यदी बिडेनले चुनाव जिते भने चीन यस देशको मालिक बन्ने छ र अमेरिकाको शाषन चलाउने छ।’

यही जुहारीका बीच राष्ट्रपति ट्रम्प कोरोनाबाट बेरोजगार भएका आफ्ना नागरिकका लागि ‘सरप्राइज प्याकेज’ ल्याउने तयारीमा छन्। यसलाई डेमोक्र्याटहरूले चुनावी फण्डाको रूपमा हेरेका छन्।

प्रकाशित मिति: : 2020-08-09 07:53:14

प्रतिकृया दिनुहोस्