कैलालीमा आज रातिदेखि हिँडडुल गर्न रोक

कैलालीमा आज बिहीबारदेखि राति हिँडडुल गर्न रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनअनुसार कैलालीका शहरी क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न निषेध गरेको हो।

गृह मन्त्रालयले कोभिड-१९ को संक्रमण बढ्दै गएकोले रोकथाम र नियन्त्रणका लागि बुधबार विभिन्न ५ बुँदे निर्देशनसहितको सूचना जारी गरेको थियो। 

साेही निर्देशन अनुसार सो समयमा अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा रोक लगाइने प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

आजबाट कैलालीमा सवारीसाधन सञ्चालनमा जोर बिजोर प्रणाली लागुसमेत गरिएको छ।

कैलालीमा ६ सय ७० जना काेराेनाका सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: : 2020-08-06 12:15:05

प्रतिकृया दिनुहोस्