स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु भएको छ।
बुधबार दिउँसो चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सख्त घाइते भक्तपुर नगरपालिका २ भोलाछेंकी ४१ वर्षीया सुन्दरी सुवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
स्कुटरको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा बिहीबार मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताए।
पैदलयात्रुलाई ठक्कर दिने स्कुटर र स्कुटर चालक चाँगुनारायण नगरपालिका ६ छालिङका २२ वर्षीय आशिष कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।