माओवादी सशस्त्र द्वन्द्वमा बरामद गरिएका ६ सय वटा इन्सास राइफल सशस्त्रलाई

नेपाली सेनाले माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ।

नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गरेका छन्।

हाल सशस्त्र प्रहरीसँग ७.६३ एमएमको एसएलआर हतियार थियो। क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार दिइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए। 

सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ। त्यसअघि हतियार मर्मतबारे नेपाली सेनाले १५ दिने तालिम पनि सशस्त्र प्रहरीलाई दिनेछ।


सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने विषयमा १५ असारमा मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो।

नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ।

प्रकाशित मिति: : 2020-07-29 15:28:10

प्रतिकृया दिनुहोस्