कोहलपुरमा एम्बुलेन्सकाे ठक्करबाट पैदलयात्रीको मृत्यु

कोहलपुरमा एम्बुलेन्सको ठक्करबाट सडक छेउमा हिँडिरहेका एक पैदलयात्रीको मृत्यु भएको छ ।  

नेपालगञ्ज–कोहलपुर सडकखण्ड अन्तर्गत कोहलपुर ९ कौशल्या मेमोरियल अस्पताल नजिकै शुक्रवार राति भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा सागर चनाराको मृत्यु भएको हो । 

एम्बुलेन्सको ठक्करबाट घाइते भएका चनाराको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृतक जाजकारकोटका हुन्। 

डिएसपी कुलदिप चन्दका अनुसार एम्बुलेन्स चालकलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति: : 2020-07-25 16:54:54

प्रतिकृया दिनुहोस्