कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ गरिएकाे जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार बिहीबार राति नै आरोपीलाई पक्राउ गरिएकाे थियाे।
उनीविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्तासमेत भइसकेको छ।