सैनिकको कुटाईबाट युवकको मृत्यु भएकोबारे छानबिन सुरु भैसक्योः नेपाली सेना

नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटाईबाट एक जनाको मृत्यु भएको घटनाबारे छानबिन सुरु भइसकेको जानकारी दिएको छ।

सेनाले एक विज्ञप्ति जारी गर्दै घटनाबारे आन्तरिक छानबिन सुरु गरिसकेको जानकारी दिएको हो।

निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटबाट चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियाे। 

मृतकका आफन्तले सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

सेनाले अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जानकारी पनि विज्ञप्तिमार्फत गराएको छ।

‘नेपाली सेना नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ’ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-07-24 11:19:54

प्रतिकृया दिनुहोस्