मलेसियाबाट हुने भनिएको उद्धार उडान सर्‍यो

मलेसियाबाट आइतबार दिउँसो हिमालय एयरलाइन्सले गर्ने भनिएको उडान भोलि (सोमबार) बिहान ८ बजेका लागि सरेको छ।

यस्तै पर्सि (मंगलबार) दिउँसो ४ः४० मा हुने भनिएको हिमालयकै अर्को उडान एक दिनपछि सरेको छ।

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार मंगलबार हुने भनिएको उडान साउन २२ गते बुधबार बिहान ८ बजे हुनेछ।

कोरोनाको विश्वव्यापी समस्यापछि मलेसियाबाट हिजो (शनिबार) सम्म ३ हजार दुई सय २६ नेपाली स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति: : 2020-07-19 14:40:04

प्रतिकृया दिनुहोस्