झापाको नेपाल-भारत सीमा क्षेत्रमा चार राउण्ड हवाई फायर

झापाको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी र अज्ञात समूहबिच झडपको अवस्था सिर्जना भएको छ।

 ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकहरु झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका थिए।

तर उनीहरुलाई रोक्नेका लागि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी गएपछि तनावको अवस्था आएको थियो। 

त्यसक्रममा सशस्त्रका केही पोशाक च्यातिएको छ। सशस्त्र प्रहरीले भिडलाई नियन्त्रणमा लिनका लागि चार राउण्ड हवाई फायर गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-07-19 13:24:23

प्रतिकृया दिनुहोस्