भान्जालाई अपहरण गरेर हत्या गर्ने अभियुक्त १३ वर्षपछि पक्राउ

आफ्नै भान्जालाई अपहरण गरी हत्या गरेर फरार रहेका अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा मामा राजेश गुप्ता रहेका छन्। उनलाई भारतबाट पक्राउ गरिएकाे हाे।

महानगरिय अपराध महाशाखाका अनुसार राजेशले बि.सं २०६४ सालमा बौद्दस्थित राई स्कुलमा दुई कक्षामा पढ्ने आफ्नै भान्जा रोहित गुप्तालाई अपहरण गरेका थिए।

अपहरण पश्चात बालकका बाबुसँग दुई लाख ५० हजार रकम फिरौती लिएका थिए। रकम पाएपछि गणेशस्थान नजिकैको सडकमा भान्जा रोहितलाई लगेर हत्या गरी राजेश फरार भएका थिए।

यस बारेमा महाशाखाले अहिले दिउँसाे पत्रकार सम्मेलन गरी जानकारी दिँदै छ।
 

प्रकाशित मिति: : 2020-07-19 11:35:50

प्रतिकृया दिनुहोस्