मोटरसाइकल दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

शनिबार अपराह्न हेटौँडा फर्कने क्रममा  सवार ना६२प ९७१५ नंको मोटरसाइकल अनियन्त्रित भई भीमफेदी गाउँपालिका–१ भैसेको खोप्लाङ भन्ने स्थानमा दुर्घटना भएकाे हाे। 

दुर्घटनामा हेटौँडा उपमहानगरपालिका–१ का २५ वर्षीय युवा दिपेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-19 08:35:36

प्रतिकृया दिनुहोस्