गाई काटेको आरोपमा एक पक्राउ, अन्य चार फरार

चितवनमा गाई कोटेको आरोपमा  एक जना पक्राउ परेका छन्। 

कालिका नगरपालिका–३ का स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले दुई सय बिघाका हानुप तामाङलाई पक्राउ गरिएकाे हाे।

घटनामा संलग्न पाँचमध्ये अन्य चार फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

घटनाका विषयमा अनुसन्धान भइरहेको र फरार रहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई पशुपक्षी  कसुरसम्बन्धी मुद्दा चलाई कारवाही गरिने प्रहरीले जनाएको छ।

सो ठाउँबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेरेनरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ। 

प्रकाशित मिति: : 2020-07-18 20:37:34

प्रतिकृया दिनुहोस्