मुम्बईमा भारी वर्षा, दुई आवासीय भवन भत्किँदा ७ को मृत्यु

भारतको मुम्बईमा बिहीबार अपरान्ह दुई आवासीय भवन भत्किँदा सातको मृत्यु भएको छ। 

मुम्बईमा गएको तीन दिनदेखि भारी वर्षा जारी रहेको छ। सो वर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ। 

दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ। अरु केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ। तर यसको विस्तृत विवरण भने आएको छैन।

मुम्बईको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन बिहीबार अपरान्ह २ः३० बजे भत्किएको थियो। त्यसमा परी पाँच जनाको ज्यान गएको बताइएको छ। 

भवनको केही भाग खसेको र त्यसमा परी पाँच जनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन्। 

मुम्बईको प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट पाँच जनाको शव निकाएको छ।  

ती अधिकारीले त्यस भवनबाट अरु केही व्यक्तिलाई भने जिवीतै उद्वार गरिएको पनि जनाएका छन्। भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ। 

उनीहरुलाई ठूलो संख्याका सुरक्षाकर्मी लगाएर उद्धार गरिएको बताइएको छ। मुम्बईका मुख्यमन्त्री उद्धव ठाकरे सो दुर्घटनास्थलमा पुगेर उद्धार कार्यका लागि निर्देशन दिएका थिए। 

 त्यसैगरी मुम्बईकै मलादा क्षेत्रमा भएको अर्काे भवन भत्किँदा अरु दुई जनाको ज्यान गएको छ। सो दुर्घटना बुधबार साँझ भएको एक जना प्रहरी अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2020-07-17 13:45:20

प्रतिकृया दिनुहोस्