एक हजार २५ घरमा काष्डाकाे राहत

कर्णाली दिगाे विकास प्रतिष्ठान (काष्डा) ले जुम्लाका १ एक हजार २५ घरमा राहत वितरण गरेकाे छ। काेराेना माहामारीले आम्दानी र उत्पादन घटेकाे हुनाले राहतका कार्यक्रमहरु बढाइएकाे हाे।

काष्डाले वल्ड भिजन इन्टरनेशनल नेपालसँगकाे साझेदारीमा जुम्ला जिल्लामा रहेका विपन्न घर परिवारलाई राहत वितरण गरिएकाे परियाेजना संयाेजक भेषबहादुर रावलले बिएल नेपाली सेवालाई जानकारी दिए।  

उनका अनुसार राहत प्याकेजमा नेपाल सरकारकाे मापदण्ड अनुसार प्रति घर ३० केजी चामल, ३ के.जी दाल, २ केजी चिनी, २ केजी नुन, २ लिटर तेल र ४ पिस सावुन वितरण गरिएकाे छ।

No description available.

'राहतका लागि सम्बन्धित वडा कार्यलय सँगकाे समन्वयमा लाभग्राही छनाेट गरिएकाे थियाे,' रावलले भने, 'प्रत्येकको  युनिक अाइडी सिस्टम क्रियट गरि माेवाइलफाेन मार्फत एस एम एस गरेर सिस्टमले ओके गरेपछि मात्र लाभग्राहीले राहात पाउँथे।' 

त्यस्तै काेभड -१९ लाई लक्षित गरि सञ्चालित नेपाल कभर परियाेजनाले जिल्लाका विभिन्न क्षेत्रका ६ सय ६० जनालाई तरकारीकाे बीउ र हजारी वितरणा गरेकाे छ। बीउमा काख्रा, रायाे, मुला र धनियाँ रहेका छ। 

सहयोगकै क्रममा ४० घरलाई जिबिको पार्जनका लागि विभिन्न व्यवसायमा सहयोग पुग्ने खालका सामग्रीहरु  डिजिटल ताैल मेसिन, लु आचिप्स बनाउने मेसिन, जुसर मेसिन, गार्डेन पाइप, आरि सिकेचर र बीउ राख्ने बाेरा तथा सुकाउनलाई त्रिपाल समेत साहयाेग गरिएकाे रावले बताए। 

दाेस्राे चरणमा पनि समुदाय स्तरमा राहतका कार्यक्रम ल्याइने काष्डाले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-17 11:34:39

प्रतिकृया दिनुहोस्