कोरोनाको खोपसम्बन्धी सूचना चाेर्न ह्याकर परिचालन गरेका छैनाैं: रुस

रुसले कोरोना भाइरसविरुद्धको खोप चाेर्न लागेकाे भन्दै सार्वजनिक भएकाे खवरहरुकाे खण्डन गरेकाे छ।

ब्रिटेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी)ले रुसी गुप्तचरहरुले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका संस्थाहरुलाई निशाना बनाइरहेको भन्दै सुरक्षित रहन चेतावनी दिएका छन्।

रुसी ह्याकरहरुले मेलवेयर प्रयोग गरेर कोरोनाविरुद्धको खोप बनाउने प्रयास गर्दै आएका अमेरिकी, बेलायती र क्यानेडियन संस्थाहरु गोप्य सूचनाहरु चोर्ने योजना बनाएको एनसीएससीले चेतावनी दिएको हो।  

यसमा बेलायतको एनसिएससीसहित क्यानडाको कम्युनिकेशन सेक्युरिटी स्टाबिलिस्मेन्ट (सिएसई), अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) साइबर सेक्युरिटी इन्फ्रास्टक्छर सेक्युरिटी एजेन्सी (सिआइएसए), अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) पर्छन्।

खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको जानकारी पाउन साथ एनसीएससीका निर्देशक पल चिचेस्टरले यसलाई घिनलाग्दो काम भनेका छन्। 

एनसिएससीले चेतावनी दिए पनि ह्याकरको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुनै जानकारी चोरी गरिसकेका छन् या छैनन् भन्ने खुलाएको छैन। तर खोपको अनुसन्धानमा ह्याकरले रोकावट भने नल्याएको बताइएको छ।

एनसीएससीले देशको नाम लिए पनि ती देशका कुन–कुन संस्था ह्याकरको निशानामा छन् भनेर खुलाएको छैन। ह्याकरहरुले अहिलेसम्म कुनै सूचना चोरी गरिसके कि, गरिसकेका छैनन् भन्ने पनि खुलेको छैन।

यता रुसले कुनै पनि प्रकारको ह्याक नगरिएको वा त्यसको लागि ह्याकर परिचान नगरेको दाबी गरेको छ। यद्यपि कोरोनाविरुद्धको खोप निर्माणको काममा भने कुनै बाधा नपुगेको बताइएको छ।

प्रकाशित मिति: : 2020-07-17 07:22:36

प्रतिकृया दिनुहोस्