सन् २१०० मा पृथ्वीको जनसङ्ख्या 'निकै आश्चर्यजनक' हुने

सन् २१०० मा जन्मदर विश्वको जनसंख्यामा आश्चर्यजन दृश्य देखिने३ अध्ययनले देखाएको छ । द ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययनले१.७ भन्दा कम हुने जनाएको छ ।

अध्ययनकर्ताहरूले विश्व बालबालिकाको घट्दो जन्मदरसँग जुझ्न तयार नरहेको बताउँदै त्यसले समाजमा निकै आश्चर्यजनकु असरहरू पार्ने बताएका छन्।

घट्दो जन्मदरको अर्थ लगभग सबैजसो देशमा यो शताब्दीको अन्त्यमा जनसङ्ख्या घट्नु हो।

स्पेन र जापान सहित २३ देशमा सन् २१०० मा अहिलेको भन्दा आधा जनसङ्ख्या हुने अनुमान गरिएको छ।

असी वर्षसम्म बाँच्ने मानिसहरू धेरै हुँदा ती देशमा बुढ्यौली जनसङ्ख्या समेत नाटकीय रूपमा उच्च हुनेछ।सो अध्ययनले यस ग्रहमा सन् २०६४ मा सबैभन्दा ठूलो जनसङ्ख्या पुगेर ९।७ अर्ब मानिस बस्नेछन्।

तर शताब्दीको अन्त्यमा भने पृथ्वीको जनसङ्ख्या ८.८ अर्ब हुनेछ।

एक अध्ययनकर्ता प्राध्यापक क्रिस्टोफर मरीले यो निकै ठूलो कुरा होस धेरैजसो विश्व प्राकृतिक जनसङ्ख्या घट्ने अवस्थामा रहेको बताएको वीवीसीले लेखेको छ ।

प्रकाशित मिति: : 2020-07-16 16:33:39

प्रतिकृया दिनुहोस्