बलात्कारको आरोपमा शसस्त्रका एसएसपी पक्राउ

बलात्कारको आरोपमा प्रहरीले शसस्त्र प्रहरी बल (एपीएफ)का वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल तालिम केन्द्र, पोखरामा कार्यरत एसएसपी अधिकारीले आफूमाथि बलात्कारको गरेकाे एक महिलाले आरोप लगाएकी थिइन्।

एसएसपी अधिकारीले आवासमा बाेलाएर बलात्कार गरेको भनी महिलाले टेलिफोनमार्फत प्रहरीलाई जानकारी दिएकी थिइन्।

साेही आधारमा अधिकारीलाई पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक (एसपी) जिवन श्रेष्ठले पुष्टी गरे।

घटनाको अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-07-15 17:45:37

प्रतिकृया दिनुहोस्