ओली–प्रचण्ड वार्ता सकियो, कुनै सहमति भएन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको आजको वार्ता पनि विना निष्कर्ष सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजे सुरु भएको बैठक दिउँसो साढे २ बजे सकिएको थियो।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीचको आजको वान–टु–वान छलफल सकिएको छ। यद्यपी कुनै सहमति नभएको उनले बताए।

यसअघि दुई अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो। 

असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए।

पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।

प्रकाशित मिति: : 2020-07-15 14:56:52

प्रतिकृया दिनुहोस्