तीन दिनपछि खुल्याे सिद्धार्थ राजमार्ग

पहिरोले तीन दिनदेखि अवरुद्ध भएकाे सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा खुलाइएको छ। 

पाल्पाको तिनाउ गाउँपालिका, पैठेडाँडामा सोमबार साँझ खसेको पहिरो हटाइएपछि बुधबार दिउँसो १ बजेदेखि सडक सञ्चालनमा आएको हो। 

दोभान बजारदेखि सय मिटरनजिकै ठूलो ढुंगासहित खसेको पहिरोलाई डोजर, एक्स्काभेटर र ब्रेकर प्रयोग गरेर पन्छाइएपछि सडकमा एकतर्फी सवारीसाधन चलाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए।  

सडक अवरुद्ध हुँदा रुपन्देही र पाल्पातर्फबाट आएका सवारीसाधन दोभान, भूतखोलातर्फ नै रोकिएका थिए। त्यस्तै रुपन्देहीतर्फबाट आएका सवारीसाधन सिद्धबाबामा रोकिएको थियो। 
 

प्रकाशित मिति: : 2020-07-15 13:43:31

प्रतिकृया दिनुहोस्