हतियारसहित विप्लव समूहका पूर्वी कमान्डका सैन्य इञ्चार्ज पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका पूर्वी कमान्डका सैन्य इञ्चार्ज पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरी कार्यालयबाट गएको संयुक्त टोलीले मंगलबार ४० वर्षीय नन्दकिशोर भन्ने नन्दबहादुर बोहोरालाई हतियारसहित पक्राउ गरेको हाे।

बोहोरालाई प्रहरीले उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। 

उनीबाट एक थान कटुवा पेस्तोल, तीन थान गोली, सकेट बम, केही थान सिम बरामद गरिएकाे मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-15 12:19:09

प्रतिकृया दिनुहोस्