म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका मध्ये ४ जनाको अबस्था अझै अज्ञात छ । गत शुक्रबार गएको पहिरोमा परि ३२ जना बेपत्ता भएकामा २८ जना मृत अबस्थामा भेटिएका थिए ।
पहिरोका कारण विस्थापित भएका १ सय ५० भन्दा बढी परिवारका करिब ८ सय जनालाई विद्यालय र सामुदायिक भवनहरुमा राखिएको छ ।घटनाको पाँच दिन वितिसक्दा पनि पहिरो प्रभावितहरुले अझै राहत सामाग्री पाउन सकेका छैनन् ।
खराव मौसम र सडक अवरुद्ध हुंदा राहत सामग्री पुर्याउन नसकेको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय युवा व्यवसायी र ओमकुमारी शान्ति कोषको पहलमा पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरबाट गर्भवती महिला, विपद्मा परेका वृद्धवृद्धाकोउद्धार गरिएको छ ।