नयाँ भिसा नीतिको विरोधमा गुगल, फेसबुक र माइक्रोसफ्ट कम्पनीद्वारा ट्रम्प प्रशासनविरूद्ध मुद्दा दायर

प्रवासीहरूको विषयलाई लिएर ट्रम्प प्रशासनले गत साता जारी गरेको नयाँ भिसा नीतिको विरोधमा अमेरिकाको ठूलो ‘हाईटेक कम्पनी’ र राज्य सरकार मैदानमा उत्रिएका छन्।

गुगल, फेसबुक, माइक्रोसफ्टसमेत १० ठूला कम्पनी तथा १७ वटा राज्यले ट्रम्प प्रशासनको भिसा नीतिको विरोध गर्दै मुद्दा दर्ता गरेका हुन्। 

मुद्दा म्यासाचुसेट्समा दर्ता गरिएको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) र अमेरिकी इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेण्ट (आइसीआई) विरूद्ध दर्ता गरिएको मुद्दामा भनिएको छ, ‘नयाँ भिसा नीति क्रुर र आकस्मिक माात्र होइन, गैरकानुनी पनि छ।’ कम्पनीले नयाँ भिसा नीतिमाथि पूर्णत प्रतिबन्ध लगाउन अपील गरेको छ। 

यो नीतिको हार्वर्ड विश्वविधालय र म्यासाचुसेट्स इन्टिच्युट अफ टेक्नोलोजीलगायत ६० बढी विश्वविद्यालयले पनि विरोध गरेका छन्। उनीहरूले पनि मुद्दा दायर गरेका छन्।

सन् २०१८–१९ को एकेडेमिक वर्षमा अमेरिकामा १० लाखभन्दा बढी विदेशी विधार्थी थिए। एक्लो म्यासाचुसेट्समा ७७ हजार बढी विदेशी विधार्थी छन्। हरेक वर्ष विदेशी विधार्थीका कारण अमेरिकाको अर्थतन्त्रमा ३ दशमलव २ विलियन डलर आम्दानी हुने गरेको छ। 

ट्रम्प प्रशासनले ६ जुलाईमा नयाँ भिसा नीति जारी गरेको थियो।

प्रकाशित मिति: : 2020-07-14 17:15:35

प्रतिकृया दिनुहोस्