पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाबारे छानबिन गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा गठित संसदीय विशेष समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँदैछ।
समितिले आज साँझ दिउँसो बजे सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउन लागेको हो। पौडेलले एक महिना लगाएर गरिएको छानबिनको प्रतिवेदन आज बुझाइन लागिएको बताए।
समितिका सदस्यमा एकवाल मिया, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकास रसाइली, विमला विक महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव सदस्य छन्। समितिलाई उक्त घटना छानबिनका लागि ३० दिनको समय दिइएको थियाे ।
१० जेठमा सोतीस्थित मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गर्दा ६ जनाको ज्यान गएको थियो।