डिसहोमले १०० रुपैयाँमा नै आइपीओ जारी गर्ने, बोर्डमा आवेदन

टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले पौने २४ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २३ लाख ८५ हजार ९२९ कित्ता अर्थात २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको शेयर निष्कासनका लागि आवेदन दिएको हो।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सोमबार आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको नोटबजारलाई जानकारी दिए।

कम्पनीको जारी पूँजी २ अर्ब २५ करोड रुपैयाँ छ । जसको १०.६०४ प्रतिशतका दरले आइपीओ जारी गर्न लागेको हो। आईपिओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड पुग्नेछ ।

गत आर्थिक वर्षमा २९ करोड २७ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाभित्रै २८ करोड ३३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाईसकेको छ।

कम्पनीमा हाल ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ । टेलिभिजन सेवा प्रदायकको बजारमा डिसहोमको बजार हिस्सा करिब ३५ प्रतिशत छ ।

कम्पनीले ग्लोबल आर्ईएमई क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ।

प्रकाशित मिति: : 2020-07-14 11:08:05

प्रतिकृया दिनुहोस्