नक्कली भारुसहित ३ पक्राउ

झापा प्रहरीले शनिबार नक्कली भारुसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई ३ सुरुंगाका मौसम श्रेष्ठ, कनकाई ४ का खुर्सेद मियाँ र झापा गाउँपालिका ५ का एराजुल हक रहेका छन् ।

उनीहरुकाे साथबाट १ लाख ६४ हजार ९ सय नक्कली भारु बरामद गरिएकाे  एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

आरोपीहरुलाई इलाका प्रहरी कार्याललय अनारमनीमा राखिएकाे छ।

आरोपीलाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: : 2020-07-12 15:43:14

प्रतिकृया दिनुहोस्