के पूर्वराजकुमारी गहिरो प्रेममा छिन् त?, यसाे भन्छिन् पूर्णिका

पूर्वराजकुमारी पूर्णिका शाहले आफू कसैको गहिरो प्रेममा नपरेको स्पष्ट पारेकी छिन्।

केही दिन आगाडी एक साप्ताहिक पत्रिकामा ब्रिटिशले पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान धर्मसँग उनी प्रेममा रहेको समाचार प्रकाशित भएकाे थियो।

उक्त समाचार प्रकाशित भएपछि पूर्णिकाले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उक्त कुराको खण्डन गरेकी छिन्।

उनले भनेकी छिन, ‘मेरो बारेमा के के कुरा छापिएको भन्ने सुने। यो कुरामा केही सत्यता छैन। र सबैलाई यो कुरा नपत्याउन आग्रह गर्छु।’ 

समाचारमा पूर्णिका र धर्मको भेट थाइल्याण्डमा भएको जनाइएको छ। पुर्णिका थाइल्याण्डमा हुँदै आमा हिमानीलाई यसबारे जानकारी दिइएको दावी गरिएको छ। 

साथै समाचार उनीहरको प्रायः दरबारमार्ग, ठमेल र लाजिम्पाटतीर जमघट भइरहने उल्लेख गरिएको छ। साथै कतिपय डेटिङमा आमा हिमानी पनि साथ हुने गरेको खवर प्रकाशित भएको थियो।

को हुन धर्म?

समाचारमा प्रकाशित भएअनुसार धर्म श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान हुन्।

धर्म तिनै वंशज मध्यका सुशीलबरसिंह थापाका छोरो हुन्।

थापा नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका  थिए। 

 धर्म सानातिना ठेक्कासहित जमिन र बिल्डिङ बेचबिखनको काम गर्छन्। 
 

प्रकाशित मिति: : 2020-07-12 10:26:16

प्रतिकृया दिनुहोस्