काभ्रेमा भंगालो तर्ने क्रममा बाढीले बगाउँदा ३ जना बेपत्ता

काभ्रेपलान्चोकमा अविरल वर्षापछि आएकाे बाढीले बगाउँदा ३ जना बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार भंगालो तर्ने क्रममा मण्डनदेउपुर १० का १३ वर्षीय अभिषेक नेपाली, ४६ वर्षीय सम्फु माझी र ३० वर्षीय चन्द्रबहादुर तामाङ बेपत्ता भएका हुन्। 

उनीहरु इन्द्रावती गाउँपालिकास्थित रयालेमा पनि खेती भएका सम्फु काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले बताएकाे छ। 

सशस्त्र प्रहरी बल (एपिएफ) को गोताखोरसहितको टोलीले खोजी गरेपनि भेटिएका छैनन्। 
 

प्रकाशित मिति: : 2020-07-12 09:58:03

प्रतिकृया दिनुहोस्