खानेपानीको विषयमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु भएको छ।
शुक्रबार राति खानेपानी विवादले उग्र रुप लिएपछि भएको झडपमा डडेलधुराको आलिताल गाउँपालिका ६ का स्थानीय गणेश महराका ८ वर्षीय छोरा हिमांशु महरा गम्भीर घाइते भएका थिए।
राति नै धनगढी अस्पताल पुगाइएका उनको शनिबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए।
उनले भने, ‘खानेपानीको विषयमा विवाद भएको र कुटपिटमा बालकको ज्यान गएको प्रारम्भिक खुलेको छ। तर अहिलेसम्म जाहेरी आएको छैन।’
तर प्रहरीले झडपमा संलग्न ४ जनालाई पक्राउ गरेको छ भने खानेपानी उपभोक्ता समितिका अन्य पदाधिकारीलाई समेत नियन्त्रणमा लिएको छ।