नेपाल राष्ट्र बैंकले आज शनिबार भएपनि बैंक तथा वित्तीय संस्था खुलाउन निर्देशन दिएकाे छ।
चालू आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो।
राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले आग्रह गरेकाे छ।