संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपालका केबल अपरेटरहरूले भारतीय समाचार च्यानलहरू बन्द गरेको धन्यवाद दिएको छ।
पछिलाे समय भारतीय समाचारमाध्यमहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरेका थिए। जसको नेपालमा व्यापक विरोध भएको थियो। विरोध भएपछि बिहीबार नेपालका केबल अपरेटरहरूले भारतीय समाचार च्यानलहरू बन्द गरेका थिए।
संचार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ 'नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रशारण गर्ने कतिपय भारतीय संचारमाध्यमहरूको प्रशारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केलब सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रशारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ,'
मन्त्रालयले भारतीय संचारमाध्यमले प्रधानमन्त्री ओलीका बारेमा प्रशारण र प्रकाशन भएका भारतीय संचारमाध्यमका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।