बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै पहिरो खस्दा एकै घरका दुई जनाको ज्यान गएको छ ।
रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का २८ वर्षीया सीता दमाई र उनका ६ वर्षीय छोरा हाविल परियारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ८ वर्षीया छोरी हिरा परियारलाई भने नेपाल प्रहरी र स्थानीयबासिन्दाले सकुशल उद्धार गरेका छन् ।
शुक्रबार बिहान आठबिसकोट नगरपालिका–३ मा रहेको रेझेखोलामा आएको पहिरोले तुलबहादुर दमाईको घर पुरेको थियो। घरमा रहेका आमा छोराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए।