चिनियाँ राजदूत याङ्छीले खुमलटार पुगेर प्रचण्डलाई भेटिन्

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग चिनियाँ राजदूत होउ याङ्छीले भेटवार्ता गरेकी छन् ।

बिहीबार बिहान खुमलटार पुगेर राजदूत याङ्छीले प्रचण्डलाई भेटेकी हुन्। भेटमा याङ्छीले पार्टी एकतालाई मजबुत बनाउने गरी मिलेर जान सुझाव दिएकी थिइन्।

चीनले नेपालमा स्थिरता, स्थायित्व र समृद्धि देख्न चाहेको उनको भनाइ थियो।

यसअघि राजदूत याङ्छीले नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग भेट गरिसकेकी छन्।

प्रकाशित मिति: : 2020-07-09 13:09:34

प्रतिकृया दिनुहोस्