सरकारको सफलता : उँटको बिहेमा गधाको गीत

थाहा खबर

काठमाडौँ

जगत अधिकारी

संस्कृतमा एउटा श्लोक छ –

उष्ट्राणां च विवाहेषु गीतं गायन्ति गर्दभास्,

परस्परं प्रशंसन्ति अहो रूपम हो ध्वनिस्।

उँटको विवाहमा गधा गीत गाउन गएछ, र उँटको रूपको प्रशंसाले भरिएको गीत गाउन थालेछ। उँट भने गधाको स्वरको तारिफ गर्दै बसेछ।

वास्तवमा दुवै पात्र रूप र स्वरको प्रशंसा गरिन योग्य पात्र होइनन्।  हुनसक्छ यो कुरा उनीहरू दुवैले नबुझेका पनि होइनन्। तर, परिस्थिति कुनै कुनै बेला यस्तै बनिदिन्छ र उनीहरू पनि परिस्थिति अनुरूप नै चलेका हुन्। अर्को पनि हुन सक्छ कि उनीहरू दुवै जनाको ज्ञान, सुन्दरता र संगीतको विषयमा यति नै थियो।

जति बेला दुई कम्युनिस्ट पार्टीहरू एकीकरण हुँदै थिए, पुष्पकमल दाहाल र खड्गप्रसाद ओलीले एक-अर्काको प्रशंसा गर्नु माथिकै पात्रको नियति जस्तै थियो या ज्ञान नै अल्प थियो भन्ने कुरा प्रष्ट हुन अझै केही समय लाग्‍ने छ।

तर, वर्तमान सरकार आफूले विकासका कार्य गरेको देखेर आत्मप्रशंसामा मग्न छ।, अब आएर आफ्नो कामको प्रशंसा गर्ने उँट भेट्टाउन नसक्ने अवस्था भइसक्दा पनि चेत फिरेको छैन। पशुपति 'शर्माको लुट्न सके लुट' गीत आएको समयमा सरकारको पक्षमा चर्का र ठूला कुरा गर्ने जमात हाल आएर सरकारका कतिपय लज्जाजनक क्रियाकलापमा चुपचाप शिर झुकाउन बाध्य छन्। अब साह्रै सीमित र सिधा स्वार्थ खोज्ने बाहेक आम जनतासँगै पार्टीका कार्यकर्तासमेत सरकारबाट आशावादी नरहनु सरकारका लागि असफलताको अर्को प्रमाण के होला र।
 

प्रकाशित मिति: : 2020-07-09 07:59:24

प्रतिकृया दिनुहोस्