सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो।

थपिएका संक्रमित कञ्चनपुरको पुनर्वास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको गोदावरी नगपालिकाका ८ पुरुष र एक महिला गरी ९ जना र कैलालीकै धनगढी उपमहानगरपालिका ८ की २ महिला छन्।

यता कैलालीकै टीकापुर नगरपालिकाका एक पुरुष र डडेल्धुराको परशुराम नगरपालिकाका ४ पुरुष र एक महिला गरी ५ जना रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ३९ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक सय ३७ जनाको कोरोना परीक्षण भएको छ। 

प्रकाशित मिति: : 2020-07-05 16:03:44

प्रतिकृया दिनुहोस्