'सेना-पुलिस आए, बिन्ती ! अब डाक्टर पठाइदेऊ'

थाहा खबर

काठमाडौँ

सन्तोष अधिकारी
विश्‍वभर फैलिएको कोरोना महामारीले नेपालमा पनि दिनदिनै संक्रमित बढिरहेका छन्। सबैभन्दा धेरै संक्रमित तराईका जिल्लामा देखिएका छन्। भारतसँग सीमा जोडिएका स्थानीय तहमा कोरोना संक्रमित र भारतबाट आउने नागरिकलाई राख्ने ठाउँको अभाव भइसक्यो। यस्तै समस्या झेलिरहेको बाँकेको नरैनापुर गाउँपालिले। 

नरैनापुरमा मात्रै ११३ जना संक्रमित छन्। गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा करिब एक हजारजना छन्। भारतसँग सीमा जोडिएको नरैनापुरमा दिनदिनै संक्रमितको संख्या बढिरहेको छ। कोरोनाको संक्रमण रोकिने छाँटकाँट नदेखेपछि गाउँपालिका प्रमुख इश्तियाक अहमद साह आफू आत्तिइसकेको बताउँछन्। 
 

प्रकाशित मिति: : 2020-05-25 20:22:35

प्रतिकृया दिनुहोस्