काठमाडौंमा मंगलबार २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ। त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो।
टेकु अस्पतालका प्रवक्ता अनुप बास्तोलाका अनुसार उनीहरु दुवैलाई अहिले टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ। आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको छ।
उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै हुने उनले बताए। नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ।