मकैका खोस्टाको १० लाख झोला चीनमा बेच्दै देविका

देविका बुढाथोकी। तस्बिरः नारायण महर्जन/सेतोपाटी

झापाकी देविका बुढाथोकीलाई नयाँ–नयाँ डिजाइनका झोला बनाउन असाध्यै मनपर्छ। उनी सानैदेखि आफूले बोक्ने झोला र हातेपर्स आफैं बनाउँथिन्।

'साथी र आफन्तले 'आहा, कस्तो राम्रो, मलाई नि बनाइदेन' भन्थे। यति पैसा लाग्छ भनेर बनाइदिन्थेँ,' ३५ वर्षीया देविका सुनाउँछिन्।

उनी पहिल्यैदेखि खेर गएका चिजबाट कसरी नयाँ उत्पादन गर्ने भनेर सोचिरहिन्थन्। कहिले पराल, कहिले पटेर, कहिले थाकल, कहिले मकैका खोस्टा त कहिले खेर गएका प्लास्टिकबाट झोला बनाउनु उनको दैनिकी थियो।

केटाकेटी बेलादेखि सिलाइबुनाइ जानेकी उनको झोला बनाउनु सीप मात्र थियो, अहिले व्यवसाय नै बनेको छ।

प्रकाशित मिति: : 2020-03-20 21:43:50

प्रतिकृया दिनुहोस्