नयाँ पत्रिका दैनिक
नेपालमा एकल महिलाको संख्या तीव्र रूपमा बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको एकल महिलासम्बन्धी विषयगत प्रतिवेदनले नौ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एकजना एकल महिला रहेको देखाएको छ । यो तथ्यांक ०७८ को जनगणनामा आधारित हो ।
तथ्यांकअनुसार नेपालका कुल ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एकजना एकल महिला छन् । तथ्यांक कार्यालयका अनुसार एकल महिला भन्नाले विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दामाथिका अविवाहित महिलालाई मानिएको छ । ०७८ मा कार्यालयले जनगणनाका क्रममा गरेको अध्ययन तथा तथ्यांकअनुसार नेपालका सात लाख ९९ हजार ७४४ परिवारमा कम्तीमा एक विधवा महिला छन् । त्यस्तै, कुल परिवारमध्ये १४ प्रतिशत परिवारमा एकल महिला छन् ।
राष्ट्रिय तथ्यांक कार्यालय तथा त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) का विज्ञहरूको समूहले एकल महिला समूह (डब्ल्युएचआर) सँगको सहकार्यमा तयार गरिएको प्रतिवेदन विगतका जनगणना र सर्वेक्षणहरूका साथै संयुक्त राष्ट्रसंद्दले तयार गरेको जनगणनासम्बन्धी विभिन्न सिफारिसलाई समेत मनन गरी तथ्यांकको तुलनात्मक विश्लेषणका आधारमा तयार गरिएको हो ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया