लिटन दास बने एक दिवसीयमा सर्वाधिक रन बनाउने बंगलादेशी खेलाडी

एजेन्सी

काठमाडाैं

बंगलादेश र जिम्बाब्वेबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा बंगलादेशका ओपनर ब्याट्सम्यान लिटन दासले नयाँ इतिहास बनाएका छन्।

विकेटकीपर ब्याटस्म्यान दासले १४३ बलमा १६ चौका र ८ छक्कासहित १७६ रनको शानदार पारी खेले। यही १७६ रनको मद्दतले दास एक दिवसीय क्रिकेटमा बंगलादेशबाट सर्वाधिक रन बनाउने कीर्तिमान कायम गर्न सफल भएका छन्।

दासले यो उपलब्धि हासिल गर्दा तमिम इकबाललाई पछि पारेका छन्। इकबालले जिम्बाब्वेविरुद्धकै दोस्रो एक दिवसीय क्रिकेटमा १५८ रन बनाउँदै सर्वाधिक रन बनाउने बंगलादेशको पहिलो खेलाडी बनेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले वर्षाले खेल रोकिनु अघि ४३ ओभरमा ३ विकेट गुमाएर ३ सय २२ रन जोडेको थियो। उसका तमिम इकबाल र लिटोन दासले शतकीय इनिङ्स खेले।

दासले १७६ रन बनाउँदा इकबालले १२८ रनको नट आउट पारि खेलेका थिए।

४३ ओभरमा ३२२ रनमा पानी परेर रोकिएपछि डीएल मेथडअनुसार ३४२ रनको लक्ष्य पाएको थियो। दास र इकबालले पहिलो विकेटका लागि २९२ रनको साझेदारी गरेका थिए। जुन एक दिवसीय क्रिकेटमा पहिलो विकेटका लागि भएको तेस्रो ठूलो साझेदारीको रेकर्ड पनि बनेको छ।

पहिलो विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी ३६५ रनको रहेको छ। यो रेकर्ड वेस्टइण्डिजले आयरल्याण्डविरुद्ध कायम गरेका थियो। वेस्टइण्डिजका जोन क्याम्पबेल र साइ होपले साझेदारी गरेका थिए।

प्रकाशित मिति: : 2020-03-07 22:29:20

प्रतिकृया दिनुहोस्