धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको ज्यान गयो

सप्तरीमा भैरहेको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको बेहोस भएर ज्यान गएको छ।

भारत मोतिहारी जिल्लाका हारु रसिद आइतबार साँझ बेहोस भएको र उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यस्तै सम्मेलनमा बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको पनि ज्यान गएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छन्।

शनिबारदेखि सुरु भएको सम्मेलनमा झण्डै साँढे दुई लाख मानिस सहभागी भएका छन् । 
 

प्रकाशित मिति: : 2020-02-17 22:00:52

प्रतिकृया दिनुहोस्