पर्साको पर्सागढी नगरपालिका–१ गोडपसरामा दुई वर्षीय बालिकाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ। स्थानीय संजय चौधरीको २ वर्षीय छोरी रिया चौधरी खेल्ने क्रममा शुक्रबार साँझ आफ्नै घारको छेउमा रहेको धाराको पानी जम्मा हुने खाल्डोमा खसेकी थिइन।
छोरी डुब्नासाथ स्थानीयको सहयोगमा तत्काल उद्दार गरी उपचारको लागी सिमराको अलपाईन अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
मृत्युको खबर पाउनासाथ अस्थाई प्रहरी पोष्ट मनवाबाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का लगायतको अनुसन्धान गरी बालिकाको शव पोष्टमार्टमको लागि वीरगंजको नारायणी अस्पतालमा पठाएको पर्सा प्रहरीले जनाएको छ।