समयमै काम सक्‍न निर्माण व्यवसायीलाई बिकास समितिको ताकेता

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐनको नवौँ संशोधनले दिएको सुविधा प्रयोग गरि समयमै काम सक्‍नको लागि निर्माण व्यवसायीलाई ताकेता गरेको जनाएको छ। 

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिमा घोषणापत्रको विषयमा जानकारी गराउदैं महासंघले सातै प्रदेश ७७ जिल्ला निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐनको नवौँ संशोधनले दिएको सुविधाअनुसार म्याद थप गरी समयमै काम गर्नको लागि पत्रचार गरेको जनाएको हो। 

सार्वजनिक खरिद ऐनको नवौँ संशोधनअनुसार म्याद सकिएको तर काम हुँदै गरेका आयोजनामा एक वर्षसम्म अधिकतम समय थप गर्ने व्यवस्था सकारात्मक रहेको महासंघले जनाएको छ। छलफलका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आयोजना निर्माणमा देखिएका समस्या, प्रक्रियागत ढिलाइ र खरिद नियमावलीका अप्ठ्याराहरुबारे समितिलाइ जानकारी गराए। सरकारले ठेकेदार कम्पनी तथा कामदारलाइ अनिवार्य प्यान हुनुपर्ने व्यवस्था गरेपनि त्यो व्यवहारीक नभएको उनले बताए।

छलफलमा अन्य सांसदहरुले निर्माण कम्पनी तथा ठेकेदारकै कारण अहिले अधिकांश पूर्वाधारका काम अधूरा रहेका र त्यस्मा ठेकेदार नै जिम्मेवार बन्नुपर्ने बताएका थिए।

समिति सभापति कल्याणी खड्काले सार्वजनिक खरिद नियमावली(नबौं शंसोधन) मा महासंघले सरकारलाइ गरेका प्रतिवद्धता पूरा गर्न निर्माण व्यवसायीलाइ आग्रह गरे। 

प्रकाशित मिति: : 2020-02-05 04:36:24

प्रतिकृया दिनुहोस्