अर्थमन्त्री खतिवडा र वीरगन्ज महानगरपालिकाका मेयर सरावगीबीच भेट

वीरगन्ज महानगरपालिकाले तयार पारेको ठूला तथा महत्वकांक्षी योजनाको बारेमा अर्थमन्त्रीसँग गहन छलफल भएको बताउँदै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले विकासको बारेमा अर्थमन्त्रीले धेरै सकात्मक घारणा राखेको जानकारी दिए।

अर्थमन्त्री डा.युवराज खतिवडा र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजयकुमार सरावगीबीच भेटवार्ता भएको छ।

अर्थमन्त्रालयमा भएको भेटमा नगर प्रमुख बिजयकुमार सरावगीले महानगरको विपद व्यवस्थापन,वीरगन्जको घन्टाघरको उत्तर तर्फ रहेको यातायातको जग्गामा पार्क निर्माण,सिरिसिया कोरिडोरको लागी आवश्यक बजेट व्यवस्थापन,बसपार्कको दक्षिणतर्फ रहेको नगरवा पोखरीमा पुल एवंम पार्क निर्माण योजनाको लागी बजेटको व्यवस्था,ट्रान्पोर्ट नगरको निर्माण र एडिविको थप भेरिएसन लगायतका ठुला योजनाहरुको बारेमा अर्थमन्त्रीसँग गहन छलफल भएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले बताए। 

वीरगन्ज महानगरपालिकाले तयार पारेको ठूला तथा महत्वकांक्षी योजनाको बारेमा अर्थमन्त्रीसँग गहन छलफल भएको बताउँदै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले विकासको बारेमा अर्थमन्त्रीले धेरै सकात्मक घारणा राखेको जानकारी दिए।

उनले महानगरपालिकाले उठाए विभिन्न विकास योजनाको लागि आउने बजेटमा रकम विनियोजन गर्ने अर्थमन्त्री खतिवडाले आश्वासन व्यक्त गरे ।

प्रकाशित मिति: : 2020-01-29 10:32:30

प्रतिकृया दिनुहोस्