प्रतिनिधिसभा बैठक आज बस्दै, नवनिर्वाचित सभामुखलाई बधाइ दिने कार्यक्रम

बिएल संवाददाता

काठमाडाै‌ं

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्न लागेको हो। 

आजको बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटालाई बधाइ तथा शुभकामना दिने कार्यक्रम तय भएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

यस्तै, बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ.व. ०७५र०७६ को वार्षिक प्रतिवेदन पेश,लोक सेवा आयोगको आ.व. ०७५र०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

यसअघि तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा कारागार गएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो। त्यसैले प्रतिनिधिसभाको बैठक पटकपटक स्थगित हुँदै आएको थियो। 

आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक पनि बस्दैछ।

प्रकाशित मिति: : 2020-01-29 00:27:16

प्रतिकृया दिनुहोस्