अज्ञात समुहद्वारा एनसेल टावरमा आगजनी

एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ।

सांकेतिक तस्बिर

खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ।

आइतबार राति १०ः४५ बजे अज्ञात समूहले टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ। आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको प्रहरी कोइरालाको भनाई छ। उक्त आगो लगाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: : 2020-01-28 01:01:21

प्रतिकृया दिनुहोस्