हिलारी क्लिन्टनविरुद्ध ५ कराेड डलरकाे मानहानी मुद्धा

उनले सदर्न डिस्ट्रिक्ट अफ न्युयाेर्कमा बुधबार मुद्धा दायर गरेकी हुन्। ३८ वर्षीय गबार्डले हिलारीले आफूलाई रुसी पूँजीपतिकाे लाेकप्रिय भन्नुकाे अभिप्राय आफ्नाे प्रतिष्ठामा ठेस पुर्याउनु रहेकाे बताइन्।

अमेरिकी कांग्रेसमा पहिलाे हिन्दु सांसद तथा डेमाेक्रेटिककाे तर्फबाट आगामी चुनावका लागि राष्ट्रपतिकाे सम्भावित उम्मेदवार तुलसी गबार्डले अमेरिकी पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनविरुद्ध पाँच कराेडकाे मानहानी मुद्धा दायर गरेकी छिन्। गबार्डले सन् २०२० मा व्हाइट हाउसकाे दाैडमा उनलाई रुसी पूँजीपति र रुसी नेताबीच लाेकप्रिय उम्मेदवार भन्दै आफ्नाे प्रतिष्ठामा ठेस पुर्याएकाे बताएकी छिन्। 

उनले सदर्न डिस्ट्रिक्ट अफ न्युयाेर्कमा बुधबार मुद्धा दायर गरेकी हुन्। ३८ वर्षीय गबार्डले हिलारीले आफूलाई रुसी पूँजीपतिकाे लाेकप्रिय भन्नुकाे अभिप्राय आफ्नाे प्रतिष्ठामा ठेस पुर्याउनु रहेकाे बताइन्। उनले अमेरिकी राष्ट्रपतिकाे चुनावमा आफ्नाेविरुद्ध कूप्रचार गरेर माहाैल प्रभावित बनाउन खाेजेकाे आराेप लगाइन्।

७८ वर्षीय क्लिन्टनले गत वर्ष अक्टुबरमा एक साक्षात्कार कार्यक्रममा भनेकी थिइन–‘रिपब्लिकन पार्टी राष्ट्रपति पदकाे चुनावमा डेमाेक्रेटिक उम्मेदवारकाे एक दावेदारलाई तेस्राे पार्टीकाे उम्मेदवार जस्तै तयार गरिरहेकाे छ।’ उनले त्यति बेला गबार्डकाे नाम लिएकी थिइनन्। तर उनकाे इसारा उनीतर्फ थियाे। 

 


 

प्रकाशित मिति: : 2020-01-24 03:58:26

प्रतिकृया दिनुहोस्