मुलुकको बिकास र समृद्धिका लागि बृह्त एकताको आवश्यकता: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको बिकास र समृद्धिका लागि बृह्त एकताको आवश्यकता रहेको बताएका छन्। 

आफ्नै निवास खुमलटारमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले सवैको ध्यान मुलुकको विकास र समृद्धिमा केन्द्रित रहेको भन्दै यसका लागि बृहतर एकताको खाँचो रहेको बताएका हुन्। उनले नेकपा देशको प्रमुख पार्टी हुनुको नाताले आफूहरुले सबैको नेतृत्व गरेर जाने प्रयास गरिरहेको पनि स्पष्ट पारे। 

नेपालको राजनीति लामो संघर्ष र बलिदानबाट अघि बढेको सुनाउँदै प्रचण्डले नेपालको ईतिहासमा पहिलोपटक राजनीतकि स्थायित्व बन्नु नेपाल राष्ट्र र जनताको निम्ति ठूलो अवसर भएको तर्क गर्नु ‘प्रचण्ड’ले समाजवादी पार्टीलाई नेकपामा समाहित हुन आग्रह गरे। 

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य रामप्रसाद रिजालको नेतृत्वमा चार दर्जन नेता तथा कार्यकर्तालाई प्रचण्डले पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र स्थायी कमिटी सदस्य जनार्दन शर्माको पनि उपस्थिति रहेको थियो। 
 

प्रकाशित मिति: : 2020-01-23 09:39:31

प्रतिकृया दिनुहोस्