प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ। संसदमा भएका प्रमुख दलहरुबीच सभामुखको चुनाव १२ गते चुनाव गर्ने सहमति जुटेको छ। सभामुखमा सिन्धुपाल्चाकका नेता अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि नेकपाले उम्मेदवार टुङ्गो लगाएको हो।

त्यसअनुसार संसद सचिवालय बसेर कार्यतालिका बनाउँदैछ।

अपराह्न ४ बजे बस्ने संसदको बैठकमा यसबारे औपचारिक जानकारी गराइनेछ। उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिइसकेकाले यो बैठकको अध्यक्ष  ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने संसद सचिवालय स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-21 04:18:35

प्रतिकृया दिनुहोस्