ए डिभिजन लिग: पुलिससँग जावलाखेल पराजित

नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको खेलमा पुलिसले जावलाखेललाई २–० ले हराएको हो। पुलिसले दुवै हाफमा एक एक गोल गरेको थियो। पुलिसको जितमा सौजन राई र कप्तान सुमन सुवेदीले गोल गरे।

पुलिसले लिगमा २ बराबरी र २ हार बेहोरेको छ। पुलिसको अंक ११ पुगेको छ । जावलाखेको २ जित र ३ बराबरीका साथ ९ अंक छ।
 

प्रकाशित मिति: : 2020-01-19 05:31:25

प्रतिकृया दिनुहोस्