हिमपहिरोमा हराएका ९ जनाको उद्धारका लागि हेलिकप्टर गयो

हिउँमा फसेका पर्यटकको उद्धार गर्दै।

हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा हराइरहेका ९ जना पर्यटक र पथप्रर्दशकको खोजीका लागि पोखराबाट हेलिकप्टर त्यस तर्फ गएको छ।

चार जना नेपाली गाईड, पाचँ  जना कोरियन पर्यटक गरी ९ जना सम्पर्क विहिन भएका थिए ।

उनीहरुको उद्धारका पोखराबाट सिम्रिक एयरको हेलिकप्टर त्यसतर्फ गएको छ। शुक्रबार साँझ र शनिबार बिहानै मौसम नखुलेपछि हेलिकप्टर जान सकेको थिएन।

केहि बेर आगाडि मात्रै हेलिकप्टर त्यस तर्फ गएको सिम्रिक एयर पोखराका म्यानेजर कमल गौतमले जानकारी दिए।

शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि उनीहरु सम्पर्कविहिन भएका थिए। केही पर्यटकको स्थानीय पर्यटन व्यवसायीले उद्धार गरेका थिए।

लगातार हिमपातका कारण सञ्चारसम्पर्क नभएकोले पर्यटकको अवस्थाबारे जानकारी पाउन नसकेको कास्कीका डिएसपी तथा प्रवक्ता राजकुमार केसीले बताए।

उनले प्रहरी टोली छुम्रुङबाट माथि लागिसकेको बताए।

यसैबीच एक्यापले पहिरो गएपछि देउरालीभन्दा अघि नबढ्न पर्यटकलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2020-01-19 00:02:38

प्रतिकृया दिनुहोस्